११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024


तान्जिानियामा बाढी पहिरोमा परेर ४७ जनाको मृत्यु


65
Shares

एजेन्सी । पुर्वी अफ्रिकी मुलुक तान्जानियामा बाढी पहिरोमा परेर ४७ जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएका ८५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । बाढी पहिरोका कारण हजारौं विस्थापित भएका छन् । तान्जानियाको कातेश शहर बाढी र पहिरोले बढी प्रभावित भएको छ ।

गत शनिबारदेखि प्रतिघण्टा १ सय ८६ मिलिमिटर मापन गरिएको वर्षापछि बाढी र पहिरो जाँदा सडक बन्द हुनुका साथै बिजुली आपुर्ती समेत अवरुद्ध हुन पुगेको छ ।

यसैबीच तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसनले बाढी र पहिरो प्रभावितहरुको उद्धारमा कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । उहाँले विपत्तीमा परेका नागरिकलाई सक्दो सहयोग गर्न सरकार तयार रहेको जनाउनु भएको छ । पछिल्लो समय अफ्रिकी मुलुकहरु प्राकृतिक विपत्तीमा पर्दै आएका छन् ।