१० फाल्गुन २०८०, बिहिबार | Fri Feb 23 2024


सोमालियामा बाढीबाट कम्तिमा एक सय दशजनाको मृत्यु


260
Shares

एजेन्सी । सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा एक सय १० जनाको मृत्यु भएको छ ।

बाढीका कारण ७ लाख ५० हजार मानिस घरबारविहीन भएका छन् भने दर्जनौलाई बाढीले बगाएको छ । संयुक्त राष्ट्रसघीय मानवीय मामिला समन्वय कार्यालयले विनाशकारी वर्षा र बाढी फैलिरहेकाले देश विपत्तिको बीचमा रहेको हुँदा त्यहाँका जनता मारमा परेको जनाएको छ ।

मुसलधारे वर्षा, बाढी र डुबानले सोमालियाको दक्षिण पश्चिमका अधिकांश क्षेत्रका सयौं घरहरु डुबानमा परेका छन् । सयौं सवारीसाधन बाढीमा पुरिएका छन् ।

भोकमरी र कुपोषणसंगै लाखौं सोमालियालीहरू जुधिरहकै बेला आइलागेको यो बिपत्तीले लाखौं जनताको बिचल्ली भएको छ । बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिए पनि राहत सामग्रीको उचित व्यवस्थापन हुन सकेको छैन ।