२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


गाजापट्टीको खान युनिस शहरमा इजरायली सेनाको भीषण बमबारी


1.079k
Shares

एजेन्सी । हमास र इजरायलबीच युद्धबिराम सकिएलगत्तै इजरायलले गाजापट्टीमा आक्रमण तीब्र पारेको छ ।

गाजापट्टीको खान युनिस शहरमा इजरायली सेनाले भीषण बमबारी गरिरहेका छन् । यो आक्रमणलाई गाजामा हवाइ हमला युद्ध शुरुभए यताकै सबैभन्दा डरलाग्दो आक्रमणको रुपमा व्याख्या गरिएको छ ।

दुई दिनको आक्रमणमा कम्तिमा १ सय ९२ जनाको मृत्यु भइसकेको छ । इजरायलले हमासका आतंकबादीहरु रहेको भन्दै गाजापट्टीका ४ सय स्थललाई लक्षित गरी हवाइ हमला तीब्र पारेको हो ।

इजरायलले गाजापट्टीमा रहेका सर्वसाधारणलाई थप दक्षिणतर्फ जान उर्दी जारी गरेको केही समय लगत्तै हवाइ हमला शुरु गरेको हो ।

गाजामा हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता गाजामा मारिनेको संख्या १५ हजार २ सय नाघेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई पुर्ण रुपमा समाप्त पार्न र बन्धकहरुलाई सुरक्षित रुपमा रिहाइका लागि सैन्य कारबाही जारी राख्ने जनाउनु भएको छ ।