
काठमाडौं । बुटवल लुम्बिनी एफ.सी.लाई हराउँदै साविक उपविजेता धनगढी एफ.सी. नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
काठमाडौंको दशरथ रंगशालामा हिजो भएको खेलमा धनगढी १–० ले विजयी भयो । प्रतिस्पर्धात्मक खेलमा धनगढीका लागि अफिज ओलावालेले अतिरिक्त समयमा निर्णायक गोल गरेका हुन् ।
आफ्नो पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई हराएको धनगढीले हिजोका जितसँगै अंक तालिकामा दुई खेलबाट ६ अंक जोडेको छ ।
ललितपुर सिटी एफ.सी, पोखर थन्डर्स र काठमाडौं रेजर्सको समान ४–४ अंक छ । एन.एस.एल फुटबलमा आज वीरगञ्ज युनाइटेडले चितवन एफ.सी.सँग खेल्नेछ । दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन् । वीरगञ्जको यो दोस्रो खेल हो भने चितवनको तेस्रो खेल हो ।
प्रतिक्रिया दिनुहोस्