स्याङ्जा । स्याङ्जाको कालिका माध्यमिक विद्यालयमा व्यवसायिक आलु खेती सुरु गरिएको छ ।
स्याङजाको पुतलीबजार नगरपालिका वडा नं १३ मा अवस्थित विद्यालयले ७ रोपनी जमिन १० वर्षको लागि भाडामा लिएर व्यवसायिक आलु खेती सुरु गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनप्रसाद कोइरालाका अनुसार विद्यार्थीलाई उत्पादनसँग जोड्ने शिक्षा प्रदान गर्न र प्रयोगात्मक अभ्यासका लागि उक्त जमिन भाडामा लिएर व्यवसायिक खेती सुरू गरिएको हो ।
विद्यालयले विद्यार्थी र शिक्षकहरुलाई विद्यालयमा संचालित अतिरिक्त कृयाकलाप कार्यक्रम अन्तर्गत कार्यक्रम सुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस्