११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024


काठमाडौं जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा महानगरले ट्राफिक बत्ती राख्दै


325
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राख्ने भएको छ ।

काठमाडौं जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा पटक-पटक सवारी साधनका कारण पैदल यात्री दुर्घटनामा पर्न थालेपछि सो स्थानमा ट्राफिक बत्ती राख्न लागिएको हो ।

शुक्रबारदेखि महानगरपालिकाले बत्ती जडानको काम अगाडि बढाएको छ । सो क्षेत्रमा दुर्घटना बढेसँगै कानून व्यवसायीहरुको अग्रसरतामा काठमाडौं महानगरपालिकासँग ट्राफिक व्यवस्थापनको माग गरिएकोमा सोही माग बमोजिम महानगरपालिले बत्ती जडान गर्न लागेको अधिवक्ता कमलप्रसाद पोखरेलले बताउनुभयो । उहाँले सो बत्ति पदलयात्रीहरुले आफ्नो अनुकुलतामा स्वीच बटन थिचेर रातो बत्तिमा सवारी साधन रोकिएपछि बाटो काट्न सकिने बताउनुभयो ।

निर्माण सम्पन्न भएपछि केही दिन भित्रमा नै सो बत्तिको उद्घाटन गरिने जनाइएको छ ।