Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


आज हरिबोधिनी एकादशी अर्थात् ठूलो एकादशी


1.4k
Shares

काठमाडौं । आज कार्तिक शुक्ल एकादशी अर्थात् भगवान विष्णुको विशेष पूजा गर्ने दिन हरिबोधिनी एकादशी ।

भगवान विष्णु (नारायण) को विशेष पूजा गर्नुका साथै यस दिन तुलसीको विवाह गरी मनाइन्छ ।

आषाढ शुक्ल एकादशीका दिन आँगनमा रोपिएको तुलसीलाई चार महिनासम्म पूजा गर्ने परम्परा अनुसार हरिबोधिनी एकादशीका दिन (आज) भगवान विष्णुसँगै विवाह गरिदिने प्रचलन छ । यी चार महिनाको समयलाई चर्तुमास भन्ने गरिन्छ ।

पौराणिक मान्यता अनुसार आषाढ शुक्ल एकादशीका दिन भगवान विष्णु (हरि) क्षीरसागरमा सुत्ने भएकाले त्यस दिनलाई हरि शयनी एकादशी भनिन्छ भने आज कार्तिक शुक्ल एकादशीका दिन भगवान विष्णु (हरि) उठ्ने भएकाले हरिबोधिनी एकादशी भनिएको हो । दुवै एकादशीलाई ठूलो एकादशी भन्ने चलन पनि छ ।

हरिबोधिनी एकादशीको दिन व्रत बसेपछि भोलिपल्ट द्वादशीको दिन हवन गर्ने विधि हुन्छ । हवन गर्दा नयाँ अन्न (नवान्न) को हवन गर्ने परम्परा रहेको छ ।