काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनको असर भोगिरहेका देशहरुले पाउने वित्तीय सहयोग दिन बाध्य बनाउनुपर्ने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित जलवायु परिवर्तन सम्बन्धि राष्ट्रिय सम्मेलन समापन समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले विकसित राष्ट्रहरु अझैपनि पीडित देशहरुलाई गर्ने भनेको सहयोगका लागि आनाकानी गरिरहेको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा पीडित देशलाई सहयोग गर्ने सम्झौता गर्ने तर वित्त हस्तान्तरण गर्न आनाकानी गर्ने प्रणालीको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले पीडित देश भएकाले नेपालले यसको नेतृत्व लिन सुझाव दिनुभयो । उहाँले नेपालमा जलवायु परिवर्तनका नाममा भएका खर्चहरुमा सोच्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले नेपालमा विकासको मोडेल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्