Logo २ मंसिर २०८२, मंगलबार | Tue Nov 18 2025


धनकुटाका बजारमा अखाद्य सामाग्री


286
Shares

धनकुटा । धनकुटामा बजार अनुगमनलाई तिब्रता दिइएको छ । तिहारसंगै बजारमा उपभोग्य सामाग्रीको मूल्य जथाभावी भएको गुनासो बढेपछि बजार अनुगमन थालिएको हो ।

चाड पर्वमा हुन सक्ने अखाद्य बस्तु बिक्री वितरण, कालोबजारी, कृतिम मूल्य वृद्धि लगायत बजारको अवस्था बुझ्नका जिल्ला प्रशासन कार्यालय, खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग बाणिज्य संघ धनकुटा, पत्रकार, सुरक्षा निकाय, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि लगायतले धनकुटा सदरमुकाममा पसलको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा केहि व्यापारीक पसलहरुमा म्याद सकिएका खाद्य सामग्रीसहित दैनिक उपभोग्यका सामग्री भेटिएको र त्यस्ता सामग्री जफत गरि नष्ट गरिएको जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रशासकीय अधिकृत अंकित मग्रातीले जानकारी दिनुभयो ।