२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024


जाजरकोटमा भूकम्प : ज्यान गुमाउनेको संख्या ११९ पुग्यो


13
Shares

काठमाडौं । जाजरकोटको बारेकोट रामिडाँडा​लाई केन्द्रविन्दु बनाएर गएको गएरातिको भूकम्पबाट मृत्यु हुनेको संख्या ११९ पुगेको छ।

जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको हो । भूकम्पको केन्द्रविन्दु बारेकोटको छिमेकी पालिका नलगाढ नगरपालिकामा सबैभन्दा ठूलो मानवीय क्षति भएको छ । नलगाढका मात्रै ४७ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

भूकम्पपमा परेर नलगाडकी उपप्रमुख सरिता सिंहको समेत मृत्यु भएको जनाइएको छ ।

यस्तै रुकुमपश्चिममा २७ जनाको मृत्यु भएको छ भने आठबीस नगरपालिकामा १७ र सानीभेरी गाउँपालिकामा ९ जनाको मृत्यु भएको जनाइएको छ ।

शुक्रबार राति ११ बजेर ४८ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६।४ रेक्टरस्केलको भूकम्प गएको थियो।