१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


गुटेरेसले हिमाली क्षेत्रको अवलोकन गर्ने


0
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यतालिका रहेको छ ।

हिजो राजनीतिक भेटघाट गर्नुभएका उहाँले आजदेखि उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण सुरु गर्न लाग्नु भएको हो ।

गुटेरेसले आज सगरमाथा क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनीलगायतका क्षेत्रको भ्रमण गर्नुहुनेछ ।

आजै उहाँले पोखराको पुरानो बिमानस्थल अवलोकन गरी बिमानस्थल परिसरमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।