Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


आज कोजाग्रत पूर्णिमा, बडादशैं २०८० आजैबाट सकिदै


2.2k
Shares

काठमाठौं । आज कोजाग्रत पूर्णिमा, नेपालीको महान चाड बडादशैं २०८० आजदेखि समापन हुँदैछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै आज दशैंं समाप्त हुँदैछ ।शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आर्शिवाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ ।

आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउने गरेका छन् ।