
ओखलढुंगा । विद्युतीय मिलको प्रयोग बढ्न थालेपछि ओखलढुंगामा अन्न पिस्न प्रयोग हुँदै आएका पानीघट्ट देखिन छाडेका छन् ।
ग्रामीण भेगका खोला किनारामा सञ्चालनमा रहेका यस्ता पानीघट्ट हराउँदै जान थालेका हुन् । विद्युतको पहुँच बढेसँगै विद्युतीय मिलहरु सञ्चालनमा आउन थालेपछि पानीघट्ट प्रयोग हुन छाडेको स्थानीय बताउँछन् ।
जिल्लाको पात्ले, खिजीकाति, खिजीचण्डेश्वरी रावादोलु, भुसिंगा, रगनीलगायत ठाउँका खोलाहरुमा ग्रामीण पहिचान बोकेका दर्जनौँ पानी घट्टहरु सञ्चालनमा थिए ।
प्रयोग गर्न सहज हुने भएकाले अहिले यहाँका स्थानीय विद्युतीय मिलतर्फ आकर्षित भएका हुन् । ओखलढुंगाका सरकारी कार्यालय तथा संघ संस्थाले समेत अनुदानमा विद्युतीय मिल उपलब्ध गराइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्