
काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि लागु हुने गरी राजधानीका थप तीन वटा सडकलाई एकतर्फी (वान वे) बनाएको छ ।
त्रिपुरेश्वर, कमलादी र दरवारमार्ग सडक खण्डलाई एकतर्फी बनाइएको हो ।
त्रिपुरेश्वरको मुलसडकबाट गुसिंगाल-सेतोपुल-मिलन मार्गतर्फ जान मात्रै पाउने ब्यवस्था गरिएको छ । यस्तै, कमलादीस्थित काठमाडौं प्लाजा अगाडिबाट दरबारमार्गतिर मोड्न निषेध गरिएको छ ।
त्यसैगरी त्रिचन्द्र क्याम्पस अगाडिबाट कमलादी गणेशथातर्फ जान निषेध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्