९ असार २०८२, सोमबार | Tue Jun 24 2025


स्वास्थ्य बीमा बोर्डका सदस्यले दिए सामूहिक राजीनामा


6.422k
Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका पाँच जना सदस्यले सामूहिक राजीनामा दिनुभएको छ ।

बोर्ड सदस्य डा. सुरेश तिवारी, डा. तारा शाह, इन्द्रकला राई, चन्द्र थापा र टिका चापागाईंले सामुहिक राजीनामा दिनुभएको हो ।

नौ महिनादेखि स्वास्थ्य बीमा बोर्ड अध्यक्ष बिहीन छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमबार स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गर्नुभएको थियो ।

बोर्डमा ९ महिनादेखि अध्यक्ष नियुक्ति नगर्नु र मन्त्रायलकै महाशाखा प्रमुखलाई निमित्त कार्यकारीको जिम्मेवारी दिनु स्वार्थ बाझिने भएकाले राजीनामा दिनुपरेको उनीहरुको भनाइ छ । राजीनामा दिनुभएका बोर्ड सदस्य चन्द्र थापाले स्वास्थ्य मन्त्रालय गुणस्तर नियमन महाशाखा प्रमुख समेत रहनुभएका उपाध्यायलाई बोर्डको कार्यकारी निर्देशक समेतमा नियुक्ति गरिनु कन्फिलिक्ट अफ इन्ट्रेष्ट जोडिएको बताउनुभयो ।

स्वास्थ्य बीमा वोर्डको अध्यक्ष नियुक्त गर्न नसकिरहेको अवस्थामा कार्यकारी निर्देशकलाई निलम्वन गरेकोमा आपत्ती जनाउनुभयो । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा प्रवाह गर्ने निकाय रहेको र बोर्ड गुणस्तरीय सेवा खरिद गरेर जनतालाई वितरण गर्ने निकाय रहको हुँदा बोर्डको प्रमुख कार्यकारी र मन्त्रालयको महाशाखा प्रमुख एउटै व्यक्ति हुँदा स्वास्थ्य बीमा कार्यान्वयनमा बाधा पुग्ने भएका कारण बाध्य भएर राजीनामा दिनुपरेको बताउनुभयो ।

सरकारले गत असोज २४ गते बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्वन गरेको थियो ।