Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


कार्यकर्तासँग मात्रै बस्दा जनतासँगको सम्बन्ध पातलियो : कांग्रेस नेता घिमिरे


377
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शयाम कुमार घिमिरेले जनतामा व्याप्त निरासालाई चिर्न कांग्रेसले अभियान संचालन गर्नुपर्नेमा जोड दिनु भएको छ ।

सोमबार नेपाली कांग्रेस सिन्धुली काठमाडौं सम्पर्क समितिले बडा दशै लगायत बिभिन्न चाड पर्वको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा घिमिरेले यस्तो बताउनु भएको हो ।उहाँले कांग्रेस नेताहरु जता जता जान्छन् त्यहाँ आफ्ना कार्यकर्ताहरुसँग मात्रै बस्ने गरेकाले पनि जनतासँग सम्बन्ध पातलिएको बताउनुभयो ।

घिमिरेले कांग्रेस भित्र पहिलेदेखिनै गुट रहेको र त्यसको सही व्यवस्थापन हुन नसक्दा कोशी प्रदेशमा समस्या उब्जिएको उल्लेख गर्नुभयो । उहाँले नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको उदार अर्थतन्त्रको नीतिलाई कांग्रेस भित्रबाट रोक्न खोज्दा देश आर्थिक रुपमा गम्भीर मोडमा फसेको बताउनुभयो ।

नेता घिमिरेले कांग्रेस जनतामुखी हुनैपर्ने र पदमा रहनेले पदीय जिम्मेवारी पूरा गरेर अगाडि बढ्नुको विकल्प नरहेकोमा पनि जोड दिनुभयो । कार्यक्रममा कांग्रेसका पूर्व सांसद मोहन बराल,सिन्धुलीका पूर्व जिल्ला सभापति उज्ज्वल बराल लगायतले पनि कांग्रेसले आम जनताका समस्यामा ध्यान दिनुपर्ने,पार्टीलार्य नयाँ रुपमा अघि बढाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रम नेपाली कांग्रेस सिन्धुली काठमाडौं समपर्क समितिका सभापति युवराज गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।