Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


राष्ट्रिय सभाबाट अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धि संकल्प प्रस्ताव पारित


78
Shares

काठमाडौं । राष्ट्रिय सभाबाट अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धि संकल्प प्रस्ताव पारित भएको छ ।

राष्ट्रि सभाको शुक्रबारको बैठकमा सांंसद प्रकाश पन्थले प्रस्तुत गर्नुभएको सो संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव निर्णयाथ पेस गर्दै भन्नुभयो, ‘माननीय सदस्यहरु, अब म अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धि संकल्प प्रश्ताव निर्णयार्थ प्रस्तुत गर्दछु । अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धि संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषण गर्दछु ।’

नेपाली कांग्रेसका सांसद पन्थले प्रस्तुत गर्नुभएको सो संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले अपांगता भएका व्यक्तिहरुको अधिकार प्रवद्र्धन गर्ने काममा सरकार गम्भिर नभएको आरोप लगाएका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यका हरेक निकायमा उनीहरुको अधिकार सुनिश्चित हुनेगरी आवश्यक व्यवस्था मिलाउने आश्वासन दिनुभएको थियो ।

Skip This