२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्र बैंक निजी क्षेत्रसँग सहकार्य गरेर मात्रै काम गर्छ : कामु गभर्नर मिश्र


3.094k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंकले निजी क्षेत्रलाई बाहिर राखेर काम नगर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले बिहीवार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य विषयक कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्रसँग राष्ट्र बैंकसँगै रहेको भन्दै निजी क्षेत्रलाई परेका हरेक समस्यामा राष्ट्र बैंक सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

उहाँले अर्थतन्त्रमा केही समस्या रहेको भन्दै सबै मिलेर समाधान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले ब्याजदर घटोस् भनेर नै मौद्रिक नीतिमा बैंक दर घटाएको बताउनु भयो । उहाँले राष्ट्र बैंकले केही क्षेत्रमा रिस्ट्रक्चरिङ गर्न दिएको भन्दै त्यसले केही अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा रहेको बताउनु भयो । उहाँले केन्द्रिय बैंकले डिजिटाइजेसनमा काम गरिरहेको बताउनु भयो।

उहाँले मागमा आएको कमीले उद्योगहरुको उत्पादनमा गरिएको कटौती र सहजै आयात गरेर गर्ने व्यापारमा समेत कमी आएको कारणबाट अहिले बजारमा प्रशस्त तरलता हुँदा आर्थिक गतिविधि चलायमान हुन नसकेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा भएको क्रस बोर्डर डिजिटल कारोबार सम्झौता एउटा माइलस्टोन भएको बताउनु भयो ।