Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


इजिप्ट बोर्डरमा रहेका ७६ नेपाली विद्यार्थी उद्धारको पर्खाइमा


286
Shares

दोहा । इजरायलमा प्यालेस्टाइनी हमास समूहको आक्रमणपछि जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सारिएका बेला थप ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डरमा उद्धारको प्रतीक्षामा रहेका छन् ।

नेपाल सरकारले धेरै नेपालीलाई सुरक्षित स्थानमा सारिएको भनिरहेका बेला आफूहरू भने इजरायल–इजिप्टको बोर्डरमा अलपत्र अवस्थामा रहेको सुरज भण्डारीले जानकारी दिए ।

‘अहिले हामी करिब ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डर काडेस बर्नियामा छौं,’ सुरजले राजधानीसँग भने, ‘यो मरुभूमि नै हो (रामत नेगेभ), इजिप्ट र इजरायलको सम्बन्धमा मैले पहिला नै भनिसकेको छु, अब सुरक्षित र असुरक्षितको कुरा आफै बुझ्नुहोस् ।’

यस ठाउँमा कुनै पनि बंकर नरहेको र आर्मीहरू त्यहाँभन्दा गाजा र लेबनानसहित मुख्यमुख्य सहरमा केन्द्रित रहेकाले आफूहरू यहाँ असुरक्षित रहेको भन्दै तत्काल उद्धार गर्न उनीहरूले माग गरेका छन् ।

‘हामीले हामी रहेको ठाउँमा रहेका इजरायली व्यक्तिसँग यहाँ आक्रमण हुँदा के गर्ने भनेर प्रश्न सोधेका थियौं,’ उनले इजरायलीको भनाइ उद्धृत गर्दै भने, ‘तिमीहरू अहिले अलुमिनियमको कोठामा छौं, यहाँ बंकर छैन, जमिनबाट आक्रमण भयो भने हामी ३०÷४० जना जति यहाँको सुरक्षाका लागि बसेका छौं, आफ्नो देश हो हाम्रो यो, हामी ज्यानको प्रवाह नगरी लड्नेछौं, ज्यान जाओस् हामी उनीहरूसँग लड्छौं ।’

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।