१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


चलचित्र विकास बोर्डलाई आयोगको रुपमा अपग्रेड नगरे आन्दोलन गर्छौं : निर शाह


1.014k
Shares

काठमाडौं । वरिष्ठ कलाकार निर शाहले चलचित्र विकास बोर्डलाई आयोगको रुपमा विकास नगरे आन्दोलनमा उत्रिने चेतावनी दिए ।

सोमबार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

उनले सरकारबाट चलचित्र क्षेत्रलाई धमिल्याउने काम भइरहेको बताए। उनले अहिले ड्राफ्ट भइ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको चलचित्र ऐनलाई तत्काल खारेज गरी पुनःविचार गर्न आग्रह गरे । उनले राम्रा चलचित्र बन्नुको पछाडि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डको के भुमिका छ ? भन्दै प्रश्न गरे

कलाकार शाहले तत्कालीन सहसचिव मुकुन्द आचार्य भएको बेलामा परिवर्तन भएको दस्ताबेज चलचित्रकर्मीको सहमति बिनाको भएको भन्दै यो चलचित्र उद्योगप्रतिको ठूलो विश्वासघात भएको बताए । उनले वर्तमान गठबन्धनको सरकारले उद्घोष गरेमबमोजिम चलचित्र विकास बोर्डलाई आयोगको रुपमा अपग्रेड गर्न आग्रह गरे

कलाकार शाहले चलचित्र क्षेत्रको केही नबुझेको मानिसले भनेको भरमा रगत पसिना चुहाएर प्राप्त गरेको दस्ताबेजलाई परिवर्तन गरिरहन नसक्ने बताए। प्रशासनको चालबाजीको शिकारमा र त्यसको पञ्जाभित्र चलचित्र उद्योगको भविष्य सुरक्षित नरहेको बताए । चलचित्र सम्बन्धी अघि बढाइएको ऐनमा मन्त्रालयको निरंकुशतालाई झनै बढाएको बताए । उनले चलचित्र कर्मीको आवाज सडकबाट सुन्न चाहेको भए सडकबाटै आन्दोलन गर्ने चेतावनी दिए ।

वरिष्ठ कलाकार शाहले चलचत्रि विकास बोर्डका अध्यक्ष भुवन केसीलाई कलाकारको श्रीवृद्धिको काममा नलागे अध्यक्षबाट नै बिस्थापित गर्ने चेतावनी दिए ।

वरिष्ठ कलाकार शाहले चलचित्रकर्मीको सहयोग गरे सबैले साथ दिने बताए।