२० मंसिर २०८०, बुधबार | Thu Dec 7 2023


सिमरा विद्युत केन्द्रलाई उपभोक्ताको आरोप


533
Shares

बारा । बाराका स्थानीयले सिमरा वितरण केन्द्रका कर्मचारीले विद्युत सप्लाइमा अनियमितता गरेको आरोप लगाएका छन् ।

बाराको सिमरास्थित नेपाल विद्युत प्राधिकरणको सिमरा वितरण केन्द्रका कर्मचारीले विद्युत सप्लाइमा अनियमितता गर्दा नियमित सेवा पाउन नसकेको बताएका हुन् ।

एक महिना यता देखि दैनिक विद्युत अबरुद्ध हुने गरेपछि आक्रोशित बनेका उपभोक्ताले विगतमा झै वितरण केन्द्रका कर्मचारीले मिलोमतोमा अघोषित लोडसेडिंगं गरि करिडोरका केही उद्योगलाई विद्युत सप्लाइ गरेको आरोप लगाएका छन् ।

पुर्व सूचना बिना दैनिक विद्युत अवरुद्ध हुँदा घरायसी प्रयोजनका साथै कार्यालय, विद्यालय, अस्पताल तथा व्यवसायमा प्रत्यक्ष असर पर्न थालेको उनीहरुको गुनासो छ । विद्युत केन्द्रमा कार्यालय प्रमुख समेत नभेटिएको उनीहरुको आरोप छ ।

विद्युत अनियमित हुनुको कारणबारे सोध्दा केन्द्रका अन्य कर्मचारीहरुले भने आफुहरुलाई यसबारेमा जानकारी नभएको बताएका छन ।