२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024


फागुन १ गते बिदा दिने निर्णय फिर्ता नलिए यसविरुद्ध कदम चाल्छौं : अध्यक्ष ओली


1.612k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल न तयार नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री दाहालले जस अर्कोले लिन्छ भनेर प्रधानमन्त्रीले शाीन्त प्रक्रियाका बाँकी काम टुंग्याउन नचाहेको बताउनुभयो ।

अध्यक्ष ओलीले आफूले आफू प्रधानमन्त्री रहँदा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन खोज्दा प्रधानमन्त्री दाहालले नै नमानेको आरोप लगाउनुभयो । उहाँले फागुन १ गतेलाई सरकारी बिदा दिनेकुरा मान्य नहुने भन्दै फागुन १ गते दिने बिदाको निर्णयलाई फिर्ता नलिए आफूहरुले कदम चाल्नुपर्ने चेतावनी दिनुभयो ।

अध्यक्ष ओलीले आगामी मन्त्रीपरिषद्को बैठकबाट नै सो निर्णय फिर्ता लिन चेतावनी दिनुभयो । उहाँले हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर उत्सवको रुपमा मनाउन आफूहरु तयार नरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले फागुन १ गते केका लागि बिदा हो भन्दै प्रश्न गर्नुभयो ।