२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024


कपिलवस्तुमा कम अङ्क ल्याएको भन्दै एक बालिका कुटिइन्


3.12k
Shares

काठमाडौं । कपिलवस्तुमा कम अङ्क ल्याएको भन्दै एक बालिका कुटिएकी छन् ।

कपिलवस्तुको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा– ६ मा अध्ययनरत वर्ष ११ की छात्रा कुटिएकी हुन् ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाई परीक्षामा सबैभन्दा कम अङ्क ल्याएकी उनी बढी अङ्क ल्याउने छात्रबाट कुटिएको बताइएको छ ।

विद्यालयका एक शिक्षकले परीक्षामा थोरै अङ्क ल्याउनेलाई धेरै अङ्क ल्याउनेले पिट्ने नियम बनाएर आन्तरिक परीक्षा सञ्चालन गरेकोमा सबैभन्दा थोरै नम्बर आएपछि आफ्नै साथीबाट कुटाइ खाएको पीडित बालिकाले बताएकी छन् । कुटपिटबाट उनको ढाडमा चोट लागेको छ ।

सिकाइ सुधार गर्न शारीरिक पीडा दिएर कुटपिट गर्नु गलत भएको भन्दै पीडित बालिकाका अभिभावकले विद्यालयलाई ध्यानाकर्षण गराएका छन् ।