२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024


सुनसरीमा गाँजा गाँजासहित ६ जना पक्राउ


2.548k
Shares

काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्रबाट गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले १ सय २० किलोग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । चतरा पुलबाट बराह मन्दिर जाने सडक खण्डबाट १ सय २० किलोग्राम गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक विक्रम होमागाईको कमाण्डमा खटेको टोलीले गाँजा बरामद गरेको हो । भारतीय नम्बर प्लेट बिआर ०२ आर ९९९४ को सुमोको सिटमुनि लुकाएको अवस्थामा गाँजा फेला परेको थियो ।

गाँजा भारत लैजाने तयारी रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भारत घर भएका अररिया बथनाहाका सवारी चालक महमद सिराज, अररिया फेनाका अस्ताजु आलम र नशिम आलम तथा नेपाली नागरिक सुनसरी देवानगञ्ज ५ का शिवम कुमार शाह रहेका छन् । यस्तै, ओसारपसारमा संलग्न भएको आशंकामा भारत अररियाकै ओम प्रकाश रजक र सुनसरी देवानगंजका ओम प्रकाश शाह पनि पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुबाट लागुऔषध गाँजा बोकेको गाडीको स्कटिङमा प्रयोग भएको प्रदेश १–०२–०५० प ६३०४ नम्बरको रातो रंगको पल्सर मोटरसाईकल, नेपाली रुपैयाँ ८ हजार ५ सय ६० र भारतीय १ हजार ७ सय ४० रुपैयाँ, ६ थान मोवाइल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।