८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024


रसुवागढी भन्सार कार्यालयबाट राजश्व असुली सुचारु


0
Shares

रसुवा, भदौ २५ । रसुवागढी भन्सार कार्यालयमा सडक सुचारु भएसँगै सोमबारदेखि राजश्व असुलीको काम सुरु भएको छ ।

पासाङल्हामु राजमार्गका विभिन्न स्थानमा सडकमा अवरोध भएका कारण यातायात सन्चालन हुन नसक्दा रसुवागढी भन्सार कार्यालयमा भन्सार असुली ठप्प भएको थियो ।

यस आर्थिक वर्षको भदौ महिनासम्ममा एक अर्ब ४२ करोड रुपैयाँ भन्सार असुली उठाउने लक्ष्य राखिएकामा अहिलेसम्म ३५ करोडमात्र राजश्व असुली भएको भन्सार कार्यालय रसुवाका प्रमुख गोपाल कोइरालाले जानकारी दिए ।