१९ मंसिर २०८०, मंगलबार | Tue Dec 5 2023


मानवअधिकार आयोगबाट चिकित्सकमाथि हातपात र दुर्व्यवहार हुन नदिन सरकारको ध्यानाकर्षण


169
Shares

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगल कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि आक्रमण, दुर्व्यवहार र कुटपिट नगर्न सचेत गराएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि आक्रमण, स्वास्थ्य संस्था तोडफोड र त्यसबाट स्वास्थ्योपचारमा पर्न गएको असरप्रति गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ ।स्वास्थ्य संस्थाजस्तो संवेदनशील ठाउँमा तोडफोड र आक्रमण निन्दनीय भएको भन्दै आयोगले चिकित्सकहरुलाई पनि स्वास्थ्य सेवा नै बन्द हुने गरी आन्दोलन नगर्न आग्रह गरेको छ ।

गत भदौ २४ गते हेटौँडाको सञ्चो अस्पतालका चिकित्सकमाथि भएको हातपात, असोज ७ गते लमजुङ अस्पतालका चिकित्सकमाथि भएको हातपात र असोज ८ गते पोखराको मणिपाल अस्पतालका चिकित्सकहरूमाथि भएको कुटपिट र दुव्र्यवहारको अनुगमन गरेको पनि आयोगले जनाएको छ । उपचारमा संलग्न चिकित्सकले लापरबाही गरे कानुनी कारबाहीको बाटो जानु पर्नेमा कुटपिट र तोडफोडमा उत्रिनुले विधिको शासनको धज्जी उडाएको आयोगको भनाइ छ ।