१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023


इंग्लीश लिग कप फुटबलमा म्यान्चेस्टर युनाइटेड विजयी


767
Shares

काठमाडौं । इंग्लीश लिग कप अर्थात काराबाओ कप फुटबलमा म्यान्चेस्टर युनाइटेड चौथो चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको तेस्रो चरणको खेलमा क्रिष्टल प्यालेसलाई ३–० ले हराउँदै म्यान्चेस्टर युनाइटेड चौथो चरणमा उक्लिएको हो ।

आफ्नै मैदानमा म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन गार्नाचो, क्यासेमिरो र मार्टियलले एक एक गोल गरे ।

काराबाओ कपकै अर्को खेलमा साल्फोर्डलाई ४–० ले हराउँदै बर्न्ले तथा वुल्भरह्याम्पटनलाई ३–२ ले पराजित गर्दै इप्सविच पनि चौथो चरणमा पुगेका छन् ।