Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


पार्टीमा बेथिति बढेको छ, म अब चुप लागेर बस्दिनँ : देउवा


0
Shares

नेपालगन्ज, भदौ २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताएका छन् ।

जननायक बीपी कोइरालाको १०५औं जयन्तीका अवसरमा सोमबार नेपालगन्जमा आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले पार्टीभित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।

‘बीपी कोइरालाले थिति बसाएको पार्टीमा अहिले बेथिति बढेको छ । अनुशासनमा नबस्ने प्रवृति मौलाएको छ । स्वार्थी जमातको वर्चश्व क्रमशः हाबी हुँदै गएको छ । म अब चुप लागेर बस्दिनँ । यस्ता प्रवृत्ति भएका कार्यकर्तामाथि निष्कासनसम्मको कारबाही हुन्छ’-उनले भने ।

सभापति देउवाले भने–‘हामी अरुका कारणले चुनाव हारेका होइनौं । आफ्नै कारणले हारेका हौं । आफ्नाले नै दुश्मन देख्ने प्रवृति हारको कारण बन्यो ।’

उनले वर्तमान सरकार मुलुकका सबैखाले संरचना भत्काउने षड्यन्त्रमा लागेको आरोप लगाए ।

लोकतान्त्रिक पद्दतिको बाटो बिराउँदै जानेको आयु छोटो हुन्छ भन्ने कुरा सरकार सन्चालनकर्ताले बुभ्mनुपर्ने उनको भनाइ थियो ।

नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले आयोजना गरेको कार्यक्रमका सहभागीलाई महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. रामशरण महतलगायतका नेताले प्रशिक्षण दिने बताइएको छ । रासस