काठमाडौं । पूर्व अरनिको यातयात प्रा.लि.ले १० करोडको लगानीमा काठमाडौ महानगरपालिका–३२ वडाको जडिबुटीमा बनाएको सुविधा सम्पन्न बसपार्क कानून विपरित नभएको बताएको छ ।
सोमबार प्रा.लि.ले पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले बसपार्कमा बनेका हरेक संरचनाहरु काठमाडौं महानगरको मापदण्ड र नियम अनुसार बनाएकाले डोजर लगाउन नपाउने दाबी गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पूर्व अरनिको यातयात प्रा.लि.का अध्यक्ष केदार क्षेत्रीले लामो समयदेखि बसपार्क नहुँदा राजधानी पूर्वका काभ्रे, सिन्धुपाल्चोक,दोलखा, रामेछाप,ओखलढुङ्गा लगायतका जिल्लामा सञ्चालन हुने सवारी साधन र त्यसमा यात्र गर्ने यात्रीहरु समस्या समाधानको लागि बनाएको बसपार्क महानगरले विकल्प बिना भत्काउन नपाउने बताउनुभयो ।
उहाँले काठमाडौ महानगर तथा संघीय सरकारले पूर्वका काभ्रे, सिन्धुपाल्चोक,दोलखा, रामेछाप,ओखलढुङ्गा लगायतका जिल्लामा सञ्चालन हुने सवारी साधनको लागि विकल्प दिए आफैँ भत्काउने बताउनुभयो । उहाँले यसअघि पुरानो बसपार्कमा भएको पार्कमा टावर निर्माण सम्पन्न हुन लागेको भन्दै सरकारले त्यहाँ व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले राजधानीपूर्व सञ्चालन हुने बसहरु यत्रतत्र पार्किङ गर्नुपर्ने अवस्था रहेको र नयाँ बसपार्कमा पुग्नुपर्ने निर्णय यात्रुमैत्री नभएकाले आफ्नै लगानीमा पाँच वर्षको लागि बसपार्क निर्माण गरिएको बताउनुभयो
उहाँले गोगंबु जाने निर्णय कुनैपनि हिसावले व्यवहारिक नभएको बताउनुभयो । उहाँले महानगरले दुःख दिने उद्देश्यले गोंगबु जाने निर्णय गरेको बताउनुभयो । बसपार्कमा भएका संरचनाहरु काठमाडौं महानगर पालिकाको भवन आचारसंहीता अनुसार र भवन निर्माणको मापदण्ड अनुसार अनुमति लिएर बनाएको तर अहिले महानगर तथा यातायात व्यवस्था विभागले अनुमति दिन नचाहेको बताउनुभयो । उहाँले बसपार्कमा सार्वजनिक शौचालय समेत नभएको ठाउँमा यात्रुहरुलाई सुविधा दिनेगरी काम गरिएको बताउनुभयो ।
उहाँले बसपार्क कुनै व्यवसायिक नभएर व्यवसायीहरुले यात्रुहरुको सहजताको लागि पाँच वर्षको लागि दिएको समाधान दिन खोजिएको बताउनुभयो। उहाँले सरकारले ४ सय बसको रुटपरमिट पुरानो बस पार्कसम्म भएपनि सरकार र महानगरले पुरानोबस पार्कसम्म जान नदिएको बताउनुभयो । सरकारलाई नेपाली यातायात व्यवसायीहरु र मजदुरहरुले काम गरेर खान नपाइने हो भन्दै प्रश्न गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्