Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


बागलुङका कृषकलाई अहिले आलु भित्र्याउने चटारो


1.8k
Shares

बागलुङ । बागलुङका कृषकलाई अहिले आलु भित्र्याउने चटारो छ ।

निसेलढोर र ढोरपाटन क्षेत्रका कृषकले हजारौँ रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा आलु खेती गर्दै आएका छन् ।

तर आलुले उचित बजार र मूल्य नपाएको उनीहरूको गुनासो छ । पाँच वर्षअघिसम्म ढुवानीको समस्या खेप्दै आएका कृषक अहिले आलुले मूल्य नपाउँदा चिन्तित छन् । बागलुङ जिल्लालाई पुग्ने आलु यहीँ उत्पादन भए पनि भारतबाट आएको आलुका कारण स्थानीय उत्पादनले बजार पाउन नसकेको हो ।

आयातित आलुका कारण घण्टौँ लगाएर बजारमा पुर्‍याएको आलुले कम मूल्य पाउँदा मर्कामा पर्ने गरेको स्थानीय कृषक बताउँछन् । स्थानीय सरकारले बाहिरबाट आउने आलुलाई प्रतिबन्ध नलगाएसम्म स्थानीय आलुले बजार नपाउने उनीहरुको भनाइ छ ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका निम्ति आयातित तरकारी रोक्न निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकासँग छलफल गरिरहेको ढोरपाटन नगरपालिकाले जनाएको छ ।