काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान विश्वस्तरमै उत्कृष्ट रहेको बताउनुभएको छ ।
मंगलबार संविधान दिवस २०८० को अवसरमा चलचित्र विकास बोर्डमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोह २०८० लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले अहिलेको व्यवस्थाले तल भन्दा तलका मान्छेलाई सिंहदरबार भित्र्याउने काम गरेको भन्दै यो सकारात्मक कदम भएको बताउनुभयो । उहाँले व्यवस्था बदले पनि अवस्था बदल्न नसकेको भन्दै मान्छेको जीवनमा परिवर्तनको अनुभुति गर्ने गरेर राज्यले अवस्था बदल्नुपर्ने बताउनुभयो ।
उहाँले यही व्यवस्था अन्तर्गत राज्य सञ्चालन गरेकाहरुले गरेको गल्तीबाट यो व्यवस्था बेठिक भएको हो की के हो भन्ने प्रश्न उठेको पनि बताउनुभयो ।
मन्त्री शर्माले समाजवादमा पुग्नका निमित्त शिक्षा, स्वास्थ्य लगायतका मौलिक अधिकारहरु निःशुल्क र गुणस्तरीय बनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्