१४ आश्विन २०८०, आइतबार | Sun Oct 1 2023


क्रोएशियाको पेल्जेसाक पुल : एक वर्षमा ३० लाख बढी सवारीसाधन ओहोरदोहोर


2.184k
Shares

एजेन्सी । क्रोएशियाको पेल्जेसाक पुल गत वर्षको जुलाई २५ मा यातायात सञ्चालनका लागि खुला भएको थियो ।

सो समय यता ३० लाख भन्दा बढी सवारीसाधन गुडेको बताइएको छ । यो पुल चिनियाँ कन्सोर्टियमले गरेको देशको सबैभन्दा ठूलो पूर्वाधार परियोजना हो । सो पुलबाट दैनिक ७ हजार सवारीसाधन आवत जावत गर्ने गर्दछन् ।

२.४ किमी रहेको पुलले पेल्जेसाक प्रायद्धीपलाई जोड्छ । बाबिकले यसले क्रोएशियाको दक्षिणी भागमा यात्रा गर्न सहज भएको बताउनु भयो । पुलका कारण पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको बताउनु भयो ।

उहाँले पुल निर्माण भएपनि मालवाहक सवारी साधनका लागि धेरै राम्रो भएको बताउनु भयो ।