१० फाल्गुन २०८०, बिहिबार | Fri Feb 23 2024


संविधान दिवस विशेष कार्यक्रम गर्न मातहतका निकायलाई नेपाली कांग्रेसको पत्राचार


494
Shares

काठमाडौं । नेपाली कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा संविधान दिवस विशेष कार्यक्रम गर्न मातहतका निकायलाई पत्राचार गरेको छ ।

कांग्रेसले असोज २ गते पार्टीका सर्वोच्च नेता एवं लौहपुरुष गणेशमान सिंहको २६औं स्मृति दिवस र ३ असोजमा संविधान दिवन मनाउन मातहतका निकायलाई परिपत्र गरेको हो ।

पार्टीको साउन पहिलो साता बसेको केन्द्रीय कार्यसमितिले पार्टीको एक वर्षे कार्यतालिका पास गरेको थियो । सो कार्यतालिकामा उल्लेख भएबमोजिम कार्यक्रम सम्पन्न गर्न तल्ला तहलाई परिपत्र गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

संविधान दिवसका सन्दर्भमा स्थानीय तहस्तरीय कार्यसमितिले संगीत, कला, साहित्यिकसहितको विविधयायुक्त सांस्कृतिक कार्यक्रम वा शिक्षण संस्थामा प्रजातन्त्र र संविधान विषयमा प्रवचन वा वक्तृत्वकला आयोजना गर्न कांग्रेसले परिपत्र गरेको छ ।