२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


साताको पहिलो दिन नेप्सेमा दोहोरो अंकको गिरावट


0
Shares

काठमाडौं, भदौ २४ । गत साता उच्च अंकले बढेको पूँजी बजारमा साताको पहिलो दिन आइतबारै दोहोरो अंकको गिरावट आएको छ ।

आइतबार शेयर बजार परिसूचक नेप्से करिब ११ अंकले घटेर १२१८ विन्दुमा आइपुग्यो । यसदिन कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से दोहोरो अंकले झरेको हो । 

निर्जीवन बीमा समूह सबैभन्दा उच्च ८६ अंकले झ¥यो भने जीवन बीमा समूहमा पनि ६७ अंको गिरावट आयो । यसदिन कारोबारमा पनि गिरावट आयो । १६६ कम्पनीको १२ लाख ७२ हजार कित्ता शेयर जम्मा ३२ करोड ७० लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।