Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


भोलि काठमाडौं र ललितपुरका केही स्थानमा दिनभरजसो बिद्युत आपूर्ति बन्द हुने


6.9k
Shares


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलि शनिबार काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा साँढे ८ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ ।

काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति भइरहेको बिद्युत भोलि बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म अवरुद्ध हुने प्राधिकरणले सूचनामार्फत जानकारी दिएको हो ।

प्राधिकरणले टेकु सब स्टेसनको स्तरोन्ती, स्युचाटारको ६६ केभी प्रसारण १३२ केभीमा चार्ज गर्न लाइन सट डाउन गर्नुपर्ने भएकाले टेकू तथा स्युचाटार सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरुद्ध हुने जानकारी दिएको हो।