१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


भक्तजनहरुको भीड लाग्ने स्थानमा काठमाडौं महानगरद्वारा सवारी आवगमन निषेध


6.071k
Shares


काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहिबार र शुक्रबार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ ।
भोलि बिहिबार गाईजात्रा र शुक्रबार गुँला पर्वको द्वितिया मनाउने भएकाले सडकमा भक्तजनहरुको भीड लाग्ने भन्दै निश्चित क्षेत्रमा सवारी निषेध गर्न लागेको हो । सवारी साधन निषेध गरिने क्षेत्रमा असन, केलटोल, इन्द्रचोक, मखन, जैशिदेवल, ज्याबहाल, लगन, हनुमानढोका दरबार परिसर, गोफल, ब्रम्हटोल र मरूटोल लगायत क्षेत्र रहेका छन् ।