१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


इलाममा माओवादी केन्द्रको पार्टी कार्यालयमा तीन वटा बम फेला


0
Shares

इलाम । इलाम सदरमुकाममा ३ वटा बम फेला परेको छ ।

नगरपालिका ७ नारायणस्थानमा तत्कालिन नेकपा माओवादी केन्द्रको पुरानो पार्टी कार्यालयमा बम फेला परेको हो ।

पार्टी कार्यालयमा पुरानो दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

बम भेटिएको स्थानमा प्रहरीले सुरक्षा दिइरहेको छ । बमलाई डिस्पोजका लागि तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

गस्ती गर्ने क्रममा भेटिएको बम पुरानै भएको प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तु देखिएपछि जाँच गर्दा बम भएको पुष्टि भएको  हो । सो बम तत्कालिन माओवादीले छोडेको हुनसक्ने प्रहरिले बताएको छ  ।

बम भएको ठाउँ  माओवादी शान्ति प्रक्रियामा आएपछि उक्त भवनमा जिल्ला पार्टी कार्यालय राखेको थियो ।