Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


नील बाराही विद्यालयले गैरकानूनी रुपमा सटर अतिक्रमण गरेको भन्दै खाली गर्न माग


676
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १३ स्थित नील बाराही मध्यमिक विद्यालयले गैरकानूनी रुपमा सटर अतिक्रमण गरेको भन्दै सटर खाली गर्न माग गरिएको छ ।

नील बाराही गुठी खलःले निलबाराही मन्दिर परिसरमा रहेका ऐतिहासिक एवं पुरातात्विक सम्पदाहरुको ख्याल नगरी गैरकानूनी रुपमा सटरहरु अतिक्रमण गरेको एवं विद्यालय विस्तार गर्ने बहानामा यहाँका पुरातात्विक एवं कुलदेवताका मूर्तिहरु फालिएको आरोप लगाएको छ ।

गुठीले तत्काल उक्त मूर्तिहरु यथास्थानमा राखी सटरहरु खाली गर्न विद्यालयसँग माग गरेको छ ।