२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


ओखलढुंगामा जताततै सडक अबरुद्ध, सरकारको अलोचना


494
Shares

ओखलढुंगा । वर्षासँगै झरेको पहिरोका कारण ओखलढुंगाका मुख्य तथा ग्रामीण सडक अबरुद्ध भएका छन् ।

सिद्धिचरण राजमार्गको मानेभञ्ज्याङ ओखलढुंगा खण्ड,ओखलढुंगा रामपुर सडक, ओखलढुंगा रुम्जाटार सडक, खानीभञ्ज्याङ सडक लगायत जिल्लाका अन्य सडक पनि अवरुद्ध भएका हुन् । सिद्धिचरण राजमार्गको भुसुने जंगलमा सडक भत्किएको प्रहरीले जनाएको छ । यस्तै ओखलढुंगा रामपुर सडक खण्डको माथिबाट झरेको पहिरोले सडक अबरुद्ध बनाएको छ ।

ओखलढुंगा खानीभञ्ज्याङ सडकको दियाले क्षेत्रको पहिरोले सडक अबरुद्ध बनाएको छ । यस्तै, ओखलढुंगा रुम्जाटार सडकमा पर्ने सिस्ने खोला नजिकै सडकभन्दा माथिबाट पहिरो झरेर सडक अबरुद्ध भएको छ । यस्ता अन्य ग्रामीण सडक पनि अबरुद्ध छन् । अबरुद्ध सडक खुलाउन प्रयास भइरहेको छ ।