१० फाल्गुन २०८०, बिहिबार | Fri Feb 23 2024


सुन तस्करीको छानविनका लागि उच्चस्तरीय समिति बनाउन दलहरुबीच सहमति

छानबिन समितिको संरचना र कार्यक्षेत्र आज टुंगो लाग्ने

741
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सत्तारुढ दलहरु सहमत भएका छन् ।

सोमबार राति प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति भएको एमाले जनाएको छ ।

उच्चस्तरीय समिति कस्तो बनाउने भन्ने विषयको टुंगो लगाउन तीन सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हीतराज पाण्डे र कांग्रेसबाट रमेश लेखक रहेका छन् ।

मंगलबार कार्यदलको बैठक बसेर समितिको संरचना र कार्यक्षेत्रबारे टुंगो लगाइने छ । त्यसपछि मंगलबार नै बस्ने सर्वदलीय बैठकमा औपचारिक सहमति गरिने बुझिएको छ । सत्तारुढ दलहरु एमालेको माग अनुसार उच्चस्तरीय छानविन समिति बनाउन सहमत भएकाले मंगलबारदेखि संसदको अवरोध हट्ने विश्वास गरिएको छ ।

उच्चस्तरीय समिति बनाउन दलहरु तयार भएपनि सिआईबीको जारी अनुसन्धान सकिएपछि समितिले काम गर्ने कि तत्काल भन्नेमा दलहरुबीच सहमति जुटिसकेको छैन ।