Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


सुदूरपश्चिममा गौरा पर्व सुरू


169
Shares

डडेल्धुरा । डडेल्धुरालगायत सुदूरपश्चिममा आजदेखि गौरापर्व बिरुडा पञ्चमी विधिवत रुपमा सुरु भएको छ ।

पञ्चमी तिथिको दिन घर लिपेर साँझपख घरमा पञ्च दलहन गेडागुडी अथवा बिरुडा विधिवत रुपमा भिजाएर गौरा पर्व सुरु हुने परम्परा रहेको छ ।

पञ्चदलहन गहत मास केराउ कलाउँ र चना मिसाएर तामाको भाँडोमा टिका दुबो लगाइ गाउँघरमा सामूहिक रुपमा गौरा माताको प्रसादको रुपमा रहेको बिरुडा राखिन्छ भने भोली पल्ट नजिकको जलाशय पानी पधेँरोमा गएर पखालेर घरमा ल्याउने प्रचलन छ ।

यस पर्वमा महिलाले शुद्धखाने, चोखो नयाँ लुगा लगाएर पाँच दलहनको बिरुडा धुने, पाँच पवित्र घाँसबाट निर्मित गौरामाताको प्रतिकलाई उपवासका साथ शाश्त्रीय पूजा अनुष्ठान गरि धुमधामका साथ मनाउँछन् ।

गौरापर्वमा भगवान शिवलाई महेश्वर र पार्वतीलाई गौराको रुपमा पूजा गरि भाद्र शुक्ल पञ्चमीदेखि दुर्वाष्ठमी तथा बिसर्जन नहुँदासम्म एक हप्ता मनाउने गरिन्छ ।