Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


६० वर्षदेखिको बेरुजु फछ्र्यौट हुन बाँकी : महालेखा परीक्षक


1.4k
Shares

काठमाडौं । नेपालमा ६० वर्षअघि देखिको बजेटको बेरुजु फछ्र्यौट हुन बाँकी रहेको खुलासा भएको छ ।

कार्यवहाक महालेखा परीक्षक महेश्वर काफ्लेले २०२० सालबाट नेपालमा लेखा परीक्षण प्रतिवेदन तयार पार्ने काम सुरु गरेको उल्लेख गर्दै सोही बेलादेखिको बेरुजु फछ्र्यौट बाँकी रहेको बताउनुभएको हो ।

आइतबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आन्तरिक लेखा परीक्षणमा नै सबै बेरुजु फस्र्याैट हुनुपर्नेमा वर्षौंदेखि सो काम नहुनु मुलुकको निम्ति भयावह अवस्था भएको पनि स्मरण गराउनुभयो ।

महालेखा परीक्षकको कार्यालयले हाल नौ खर्ब बेरुजु देखाएको उल्लेख गर्दै उहाँले त्यो वर्षाैं देखिको रहेको समेत बताउनुभयो । कार्यवहाक महालेखा परीक्षक काफ्लेले जिम्मेवार निकायको गैरजिम्मेवारपूर्ण गतिविधिका कारण मुलुकमा बेरुजुको अवस्था भयावह बन्दै गएको पनि बताउनुभयो ।

कार्यवहाक महालेखा परीक्षक काफ्लेले महालेखा परीक्षकको कार्यालयमा अडिट गर्ने जनशक्तिको अभाव रहेको बताउनुभयो । देशभरका कार्यालयहरुको अर्डिट गर्नका लागि करिव ४ सय जति मात्रै जनशक्ति रहेकाले आफूहरुले रिस्क बेसिस अर्डिटको काम मात्रै गर्नुपर्ने अवस्था रहेको उहाँको भनाई थियो ।