Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


संसदको गतिरोध तत्काल अन्त्य हुनुपर्छः रास्वपा


117
Shares


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदको गतिरोध अन्त्य गर्नुपर्नेमा जोड दिएको छ ।

सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल एमालेले सदन अवरुद्ध गरिरहेका बेला रास्वपाले भने आईतवार सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुको बैठकमा सदन भित्रै आफ्नो विमतिहरु राखेर समस्याको समाधान गर्नुपर्ने बताएको हो ।

संसदलाई प्रभावकारी र गतिशील बनाएर सबै विमतिहरु त्यहीँ भित्र हल गर्नका लागि आफ्नो पार्टीले बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलसँग आग्रह गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । उहाँले देश र जनतालाई केन्द्रमा राखेर सत्तापक्ष र प्रमुख प्रतिपक्षले सदनलाई प्रभावकारी बनाउनु ध्यान दिनुपर्ने पनि बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सदन खुलाउनका लागि पहल गरिरहेको दाबी पनि गर्दै आएको छ ।