काठमाडौं । मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।
सेसम्बुबाट खहरे खोलासम्मका विभिन्न ठाउँमा पहिरो जाँदा सडकखण्ड अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय इलामका अनुसार खोक्सेबाट खहरेखोलासम्म सात ठाउँमा पहिरो झरेको छ ।
शुक्रबार बिहानैदेखि पहिरो पन्छाएर सडक खुलाउने कोशिस भईरहेका पनि सडक कार्यालयले जनाएको छ ।
सबै पहिरो पन्छाएर सडक सुचाल गर्न आज दिनभर लाग्ने बताइएको छ । सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट पाँचथर, इलाम, झापालगायतका गन्तब्यमा जाने र आउने सवारीसाधन बीच बाटोमै थन्किएका छन् ।









प्रतिक्रिया दिनुहोस्