Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


अपराधले आक्रान्त मधेस


1.4k
Shares

जनकपुरधाम । साउन ७ गते राति धनुषाको सीमावर्ती क्षेत्र मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा क्षेत्रमा गोली हानी एक भारतीय महिलाको हत्या भयो।

महिलाको पहिचान दुई दिनपछि खुल्यो। ती महिला मधुवनी जिल्ला मुखियापट्टी ९ मधवापुर प्रखण्ड रहीमाटोलकी २८ वर्षीया राधादेवी साह थिइन्।

मोटरसाइकल चढेर आएका दुई अपरिचितलेराधादेवीलाई दुई राउन्ड गोली हानी भारततर्फ भागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। घटनास्थल भारतपट्टि भएकाले यसबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ।

ती महिलाको हत्या पारिवारिक रिसिइबीका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको प्रकृति हेदा ती महिलालाई नेपालको सिमाभित्र हत्या गरेर गुमनाम बनाउने उद्देश्य देखिन्छ।

साउन २५ गते सर्लाहीको हरिवन–४ स्थित लखन्देही पुलमुनि टाउको फेला परेका युवकको शरीर बाँकी भाग दुई दिनपछि झन्डै ७ किलोमिटर दुरीमा फेला पर्यो। पूर्व–पश्चिम राजमार्गबाट करिब २५ मिटर दक्षिण लालबन्दी नगरपालिका–१७ स्थित कालिन्जोर जंगलमा टाउकोबाहेकको शव फेला परेको थियो।

मारिएका ती युवक भारतको सीतामढी जिल्ला मनियारीका २३ वर्षीय गोलु भनिने अभिषेख राज भएको खुलेको छ। गोलु साउन २० गते चारजना साथीसँग नेपाल घुम्न आएका थिए। उनका ती साथी फरार छन्। उनीहरूको भारतीय प्रहरीको सहयोगमा खोजतलास भइरहेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।