Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद होइन : सांसद केसी


260
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद नभएको बताउनुभएको छ ।

बुधबार नेपाल भारतमैत्री समाजको आयोजनामा ७६ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद केसीले २०१७ सालपछि नेपालको राष्ट्रवाद नै भारत र कांग्रेसको विरोध गर्नु हो भन्ने भाष्य बनेको बताउनुभयो । उहाँले अहिले पनि कहिलेकाही भारतको विरोध गर्नु नै नेपालको राष्ट्रवाद हो भनि सम्झिने गरिएको भन्दै त्यो गलत भएको बताउनुभयो ।

सांसद केसीले कुनै राष्ट्रको बिरोधमा नभई आफ्नो राष्ट्रको पक्षमा उभिनुपर्ने बताउनुभयो । उहाँले नेपाल–भारत बीचको सम्बन्धलाई अझै सशक्त र मजबुत बनाउनुपर्ने बताउनुभयो । उहाँले भारतीय स्वतन्त्रता संग्रामले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि अद्वितिय योगदान दिएको बताउनुभयो ।

सांसद केसीले नेपाल–भारत बिचको सम्बन्ध राजनीतिक बन्धनले मात्रै बाँधिएको नभई धर्म, संस्कार, संस्कृति, परम्परा र आपसी मान्यताहरुबाट एक अर्कामा जोडिएको बताउनुभयो । उहाँले दुई देशका बीचमा देखिएका समस्याहरुलाई पारस्परिक आत्मविश्वासका साथ सहअस्तित्व र सहसम्मानको बाटोबाट हल गर्नुपर्ने बताउनुभयो ।