३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु, एकको जीवितै उद्धार (५ तस्वीर)


0
Shares

काठमाडौं, भदौ २३ । अल्टिच्युड एअरको एक हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । एकजनाको जीवितै उद्धार गरिएको छ ।

शनिबार बिहान गोरखाको सामागाउँबाट काठमाडौं आउनेक्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एअरको हेलिकोप्टर नुवाकोटकोे मेघाङ गाउँपालिका–१, मैलुङपाखामा दुर्घटनाग्रस्त अवस्थामा फेलापरेको हो ।

हेलिकोप्टर नुवाकोटको मेघाङ र धादिङको सेमजोङको सिमानाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

मृत्यु हुनेहरुमा पाइलट निश्चल केसी, यात्रीहरु रामेछापका डिल्लीबहादुर गुरुङ, दोलखाका छिरी शेर्पा, सिन्धुपाल्चोकका सुनिल लामा, गोरखाका छेवाङ नोर्बु लामा र जापानी नागरिक हिरोमी कोमात्सु रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

दुर्घटनामा गोरखाकी आनी डोल्मालाई जीवितै उद्धार गरिएको छ । उनलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा ल्याइएको जनाइएको छ । हेलिकोप्टरमा पाइलटसहित ७ जना सवार थिए ।

शनिबार बिहान ७ः४० मा गोरखाबाट उडेको कलसाइन ९एन–एएलएसको हेलिकोप्टर उडेको केहीबेरमा सम्पर्कविहीन भएको थियो ।

बिहानैदेखि बाक्लो कुहिरो लागेकाले दुर्घटनास्थल पहिचान गर्न सुरक्षाकर्मीलाई समस्या भएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीसहित स्थानीय उद्धारमा खटिएका थिए ।