१३ फाल्गुन २०८०, आइतबार | Mon Feb 26 2024


विश्व कीर्तिमान बनाउने केसी सम्मानित


0
Shares

काठमाडौं, भदौ २३ । ९० घन्टा लामो प्रवचन दिएर विश्व कीर्तिमान बनाएका नुवाकोटको शिवपुरी निवासी अनन्तराम केसीलाई सम्मान गरिएको छ ।

नेपाली कांग्रेस नुवाकोटले शनिबार काठमाडौंमा कार्यक्रम गरी केसीलाई सम्मान गरेको हो ।

केसीले यही भदौ ११ गते बिहान ६ बजेर १५ मिनेटबाट प्रवचन सुरु गरी भदौ १४ गते राति १२ बजेर १७ मिनेटसम्म लगातार ९० घन्टा प्रवचन दिएका थिए ।

त्यसअघि भारत, केरेलाका भल्साराजन केपीले लगातार ८० घन्टासम्म गरेको प्रवचनको कीर्तिमानलाई केसीले तोडेका हुन् ।

कार्यक्रममा कांग्रेस नेता डा. रामशरण महत र अर्जुननरसिंह केसीले दोसल्ला ओडाएर उनलाई सम्मान गरेका थिए ।