Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


बेनी–कोरला सडकखण्ड ५ दिन पूर्ण बन्द


221
Shares

काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकखण्ड ५ दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने रघुगंगा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कंक्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम सुरू भएकाले सडक बन्द गर्न लागिएको हो ।

सडकमा ढुंगा खस्ने समस्याको स्थायी निराकरणका लागि साउन २८ गते आइतबारदेखि साउन ३२ गते बिहीबारसम्म ५ दिनका लागि सडकखण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Skip This