Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राप्रपाको युवा संगठनद्वारा वृक्षारोपण


208
Shares

काठमाडौं । २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राप्रपा सम्बद्घ राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले वृक्षारोपण कार्यक्रम गरेको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा वडा नं ६ स्थित ठाढुङ्गेश्वर सामुदायिक वनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रुद्राक्षको विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । युवा संगठनले राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण अभियान सञ्चालन गरेको र यसलाई देशव्यापी निरन्तरता दिइने सो संगठनका संयोजक सुजित केसीले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं संयोजित संगठन विभाग प्रमुख राजेन्द्र गुरुङ, संगठनका पूर्व अध्यक्षहरु, संगठनका पदाधिकारी सदस्यहरु, काठमाडौं क्षेत्र नं २ का नेता कार्यकर्ताहरु र स्थानीयबासीले विभिन्न प्रजातिका ५सय विरुवा रोपेर वृक्षारोपण गरेको युवा संगठनका प्रचार संयोजक कल्याण विक्रम आचार्यले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा संगठनले शनिबार बृहत रक्तदान र चियापान कार्यक्रमको आयोजना पनि गरेको आचार्यले बताउनुभयो ।